INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्ला जलेश्वर नपा–२ का २८ वर्षीय सरफदिन कवारीलाई असोज २९ गते बुटवल बसपार्कबाट  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले विवाह गर्ने प्रलोभन देखाएर भदौ  २५ गते बलात्कार गरेको र भिडियो खिचेर सामाजिक सञ्जालमा राखिदिने धम्की दिदै पुनः भदौ २७ गते बलात्कार गरेको भन्दै पीडितले असोज २९ गते इलाका प्रहरी कार्यालय बुटवलमा, उजुरी दिनु भयो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोजं २९ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएकोे छ ।

अन्य

भिडियो