INSEC Online

📅 २०८३ जेष्ठ २१

छोरीको हत्या गरेको आरोपमा बावुआमा गिरफ्तार

एक वर्षीया छोरीको हत्या गरेको आरोपमा प्रहरीले छोरफेदीखोला गाउँपालिका-१ पर्सेबाटीका एक दम्पतीलाई साउन ७ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा उदयपुर जिल्लाको बाराका ३५ वर्षीय अर्जुन नेपाली र पर्वत जिल्ला बाच्छाकी २० वर्षीया पवित्रा नेपाली रहेका छन् ।

पवित्रा र उनका पति अर्जुनले साउन ७ गते मध्यान्ह डेरा गरी बस्दै आएको घरमा एक वर्षीया छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पवित्राले दुई हप्ता पहिले पति राजु नेपालीलाई छाडेर अर्जुनसँग बिहे गरेर आएकी र छोरीको बारेमा दम्पतीबिच मनमुटाव भएपछि दुबै मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यलयका एसपी देवबहादुर बोगटीले जानकारी दिए ।

अन्य

भिडियो