२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा आरुघाट गाउँपालिका–८ इजारगाउँका ५१ वर्षीय नारायण न्यौपानेपलाई जिल्ला प्रहरी कार्यालय गोरखाले असोज २७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई २०८० साउन २५ गते बलात्कार प्रयास गरेको भन्दै पीडितका आफन्तले असोज २६ गते दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आरोपितविरुद्ध असोज २९ गते जिल्ला अदालत गोरखामा बलात्कार प्रयास शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २६ गते गोरखा अस्पतालमा गरिएको छ ।