INSEC Online

📅 २०८३ जेष्ठ २१

आधा दर्जन गाडी तोडफोड, एक जना आरोपित गिरफ्तार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले एमाले कार्यकर्ताका ६ ओटा गाडीमा तोडफोड गरेको पीडित पक्षले आरोप लगाएको छ । तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले विक्रम सुब्बालाई गिरफ्तार गरेको  छ ।

राष्ट्रिय युवा संघ नेपाल, अर्जुनधारा नगर कमिटीको अधिवेशनस्थलमा राखिएका गाडीमा ०८० असोज २५ गते दुर्गा प्रसाईका समर्थक र पहिचानवादीले तोडफोड गरेको पीडित पक्षको आरोप छ ।

दुर्गा प्रसाईका समर्थक र पहिचानवादीले बा ११ च २४५१, बा १३ च ७५६३, मे १ च ५७८३, प्रदेश १०४–००१ च ०१६२–४, बा १८ च १७६८ र बा १६ च ८७९९ नम्वरको गाडीमा तोडफोड गरिदिएको पीडित पक्षको आरोप छ । तोडफोडबाट गाडीको अगाडि र पछाडीको भागका सिसामा क्षति पुगेको छ ।

एमाले नेता महेश बस्नेत राष्ट्रिय युवा संघ नेपाल, अर्जुनधारा नगर कमिटीको अधिवेशनमा सहभागी हुने भएपछि दुर्गा प्रसाईका समर्थक र पहिचानवादीले अधिवेशन नगर्न चेतावनी दिएको थियो । गाडी तोडफोड गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका समर्थक विक्रम सुब्बालाई अनुसन्धानका लागि गिरफ्तार गरेको  छ ।

नेकपा एमालेका कार्यकर्ताले ०८० असोज २३ गते दुर्गा प्रसाईलाई मोसो दलेपछि विरोधमा गाडीमा तोडफोड गरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Photo 202301012 Jhapa (1)

Photo 202301012 Jhapa (2)

Photo 202301012 Jhapa (3)

Photo 202301012 Jhapa (4)

Photo 202301012 Jhapa (5)

Photo 202301012 Jhapa (6)

Photo 202301012 Jhapa (7)

Photo 202301012 Jhapa (8)

photo 202301012 Jhapa1

photo 202301012 Jhapa

अन्य

भिडियो