१९ वर्षीया र २१ वर्षीया दुई युवतीलाई जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजादै गरेको आरोपमा पीडितहरूले झापा जिल्ला दमक नगरपालिका–६ अवमटोलका २८ वर्षीय अंकित शाहविरूद्ध असोज २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडितहरूलाई आरोपितले राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर असोज १७ गते भारत लैजादै गरेको आरोपमा प्रहरी र आफन्त नेपालको सहयोगमा पीडितहरूलाई असोज १९ गते उद्धार र आरोपितलाई गिरफ्तार गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले बताउनु भयो ।
पीडितका अनुसार राम्रो जागिर दिने प्रलोभन देखाएर एक महिनादेखि आफूहरूलाई यौन कार्यमा लगाएको हो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १९ गते भीम अस्पताल, भैरहवामा गरिएको अस्पतालले जनायो ।