१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–६ पुरानो बसपार्कका ५७ वर्षीय राजेन्द्रलाल श्रेष्ठलाई असोज २३ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असोज २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज २४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोजं २३ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।