बागमती नगरपालिका-३ धरहराकी ३६ वर्षीया सुनिता मोक्तानलाई छिमेकी दुई जना महिलाले कथित बोक्सीको आरोप लगाउँदै कुटपीट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
पीडित महिलालाई साउन ३ गते कुटपिटबाट गम्भीर घाइते भएकी मोक्तानलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचार गरी भरतपुर ‘रिफर’ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँकी ५५ वर्षीया सानुमाया लो र उनकी १८ वर्षीया छोरी लालीमाया लोलाई गिरफ्तार गरेको हो ।
पीडित महिलाका अनुसार आरोपितद्वयले ‘तँलाई बोक्सी’ भन्दै सुनितालाई बलिरहेको अगुल्टो र चिरपटले टाउकोमा प्रहार गरेका थिए ।