INSEC Online

📅 २०८३ जेष्ठ २१

बालकको हत्या गरेको आरोपमा आमा गिरफ्तार

झिमरुक गाउँपालिका— ७ का तीन वर्षीय बालक अप्रले केसीको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीया आमा नारायणी  केसीलाई प्रहरीले असोज १९ गते गिरफ्तार गरेको छ ।

बालकलाई  आरोपितले ०८० आसोज १८ गते घाँटीमा डोरीले कसेर हत्या गरेको आशंकामा मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा असोज १९ गते उजुरी दिएका थिए ।

आरोपितलाई गिरफ्तार पछि म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यलयका इन्स्पेक्टर हुमानन्द खनालले बताउनु भयो ।

शवको  पोष्टमार्टम असोज १९ गते जिल्ला अस्पताल बिजुवारमा गरी शव परिवारको जिम्मा लगाएको प्रहरीले जनायो ।

अन्य

भिडियो