१५ र १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहारको आरोपमा सिरानचोक गाँउपालिका–५ का ४१ वर्षीय पुरुषलाई जिल्ला प्रहरी कार्यालय गोरखाले असोज २१ गते गिरफ्तार गरेको छ ।
पीडित १५ वर्षीया बालिकालाई २०७९ मसिर २३ गते र १६ वर्षीया बालिकालाई २०८० असोज २० गते यौन दुर्व्यवहार गरेको भन्दै दुवै पीडितका आफन्तले २०८० असोज २१ गते दिएको उजुरीका आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरेको हो ।
आरोपित विरुद्ध असोज २२ गते बालयौन दुर्व्यवहार कसूर शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पीडित बालिकाहरुको स्वास्थ्य परीक्षण असोज २१ गते गोरखा अस्पतालमा गरिएको छ ।