१९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालकलाई प्रहरीले असोज २२ गते गिरफ्तार गरेको छ ।
जिल्ला सदरमुकाम नजिककैको गाउँमा असोज २१ ग्ते घरमा आफन्त नभएको मौकामा राति कोठामा सुतिरहेको अवस्थामा बलात्कार गरेको पीडितले बताउनुभयो ।
घटनाको लगतै स्थानीयले प्रहरीलाई दिएको मौखिक सूचनाका आधारमा घटनास्थलमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हाे ।
पीडित पक्षले असोज २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर दिपकसिंह बिष्टले जानकारी दिनुभयो ।
पीडित पक्षबाट प्राप्त उजुरीका आधारमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी बाल निगरानी कक्षमा राखिएको इन्स्पेक्टर बिष्टले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज २२ गते जिल्ला अस्पतालमा भयो ।