INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडित महिलाद्वारा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता

गुराँस गाउँपालिका–५ गोगनपानीकी २५ वर्षीया लक्ष्मी बिश्वकर्मा , छ वर्षीया छोरी मनिषा बिश्वकर्मा र एक वर्षको छोरा सुदर्शनलाई २६ वर्षीय पति महेन्द्र विकले  असोज २० गते राति ८ बजेतिर मरणासन्न हुनेगरी कुटपिट गरी घाइते बनाएको भन्दै पीडित पक्षले आरोपितविरुद्ध असोज २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

मदिरा खाएर समय नबिताउन र उत्पादनमूलक काममा समय लगाउनु भनेको विषयमा विवाद सुरु भएपछि लक्ष्मी र दुई ओटै छोराछोरी समेतलाई कुटपिट भएको फोटो सहित उजुरी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख असई सुशिला भूसालले जानकारी दिनुभयो ।

आफू र छोराछोरीलाई कुटपिट गरिरहेको बेला भागेर छिमेकी गाउँ माइतीको संरक्षणमा पुगेको पीडितले बताउनुभयो ।

पीडितहरुको असोज २२ गते जिल्ला अस्पतालमा औषधि उपचार भएको हो ।

पीडित पक्षको उजुरीको आधारमा प्रहरीले आरोपितलाई असोज २२ गते घरबाटै गिरफ्तार गरी हिरासत राखेको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर लम्सालले बताउनुभयो ।

अन्य

भिडियो