INSEC Online

📅 २०८३ जेष्ठ २१

पुनर्स्थापना र राहतको पर्खाईमा भूकम्प पीडित, राहत नपाएपछि खुला चौरमा बस्न बाध्य

भूकम्प पीडितहरु पुनर्स्थापना र राहतको पखाइमा रहेका छन् । भूकम्पका कारण घर भत्तिएपछि पीडित परिवारहरु खुल्ला चौरमा रात बिताउन बाध्य भएका छन् ।

भूकम्पपछि निरन्तर पराकम्पन गइरहेकाले पीडितहरुलाई थप त्रास बढेको जयपृथ्वी नगरपालिका–१ भण्डारका बस्तु निसानीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘जाडोको बेला आगो तापेर रात बिताउनु पर्दा सरकारले कुनै व्यवसथा गरेको छैन् । भूकम्पबाट पीडित भएको ६ दिन बितिसक्दा समेत पीडितहरुले राहत पाउन सकेका छैनन् । बस्नलाई घर छैन् । पकाउनलाई भाडा छैन् । हाम्रो पिडा कस्ले सुन्ने ?’

photo20231009bajhang (1)

भूकम्पका कारण घर भत्यिपछि खुला आकाशमा बस्नु परेको र न्यानो कपडा अभावले बालबालिका तथा ज्येष्ठ नागरिकहरु चिसोले कठाङ्ग्रिने गरेको भूकम्प पीडित बाँका खड्काले गुनासो गर्नु भयो । तत्कालका लागि अस्थायी रुपमा भए पनि सरकारले टहराको व्यवस्था गरी दिनु पर्ने उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार जिल्लामा हालसम्म भूकम्पमा परी १ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् । थलारा गाउँपालिकामा ६७ ओटा घर भत्केको र १२ ओटा घर चर्किएका छन् । यसैगरी जयपृथ्वी नगरपालिकामा २९ ओटा घर भत्किएको र ४८ ओटा घर चर्किएका छन् । बुङ्गल नगरपालिकामा दुई ओटा घर भत्किएको छ भने २ ओटा घर चर्किएका छन् । विथ्थडचिर गाउँपालिकामा एउटा घर भत्किएको र एउटा घर चर्किएको छ । केदारस्युँमा एउटा घर र दुर्गाथलीमा चार ओटा घर भत्किएका छन् । छविसपाथिभेरामा सात ओटा घर भत्किएका र ४० ओटा घर चर्किएका छन् । खप्तडछान्ना गाउँपालिकामा ३१ घर भत्किएका छन् भने ४० ओटा घर चर्किएका छन् । मष्टा गाउँपालिकामा तीन ओटा घरमा पूर्ण क्षति, पाँच ओटा घर भत्किएको र एउटा घर चर्किएक छ । तलकोट गाउँपालिकामा तीन ओटा घर भत्किएको र तीन ओटा घर चर्किएका छन् ।

photo20231009bajhang (4)

भूकम्पका कारण घर भत्किएका र चर्किएका पीडित परिवारहरु हाल खुला आकाशमूति बन्न बाध्ये भएका छने भने उहाँहरुले रातह नपाएको गुनासो गर्नु भएको छ ।

जिल्ला प्रशासन कार्यालय, बझाङमा बिभिन्न संघसंस्थाहरुले दिएको राहत समाग्री जिल्ला प्रशासन कार्यालय, बझाङमा थन्किएको छ । भूकम्प पीडितहरुले पाल नपाएको गुनासो गरिरहदा राहत समाग्री भने ६ दिनदेखि जिल्ला प्रशासन कार्यालय, बझाङमा राखिएको छ ।

photo20231009bajhang (3)

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले एकद्वार प्रणालीबाट राहत वितरण गर्न प्राप्त राहत समाग्रीहरु जिल्ला प्रशासनमा राखिएको र असोज १९ गतेदेखि राहत वितरण कार्य सुरु गरिएको बताए पनि पीडित परिवारले राहत नपाएको गुनासो गर्दै आउनु भएको छ ।

photo20231009bajhang (2)

अन्य

भिडियो