१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सुनकोशी गाउँपालिका-९ का ५२ वर्षीय विनोद कटुवाललाई एक वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको ०८० असोज १७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कटुवाललाई कैद सजायसँगै २५ हजार रुपियाँ जरिबाना र ४० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विनोदप्रसाद घिमिरेले बताउनु भयो ।
मोलुङ गाउँपालिकाका कृषि शाखा प्रमुख कटुवालले ०७९ मङ्सिर १७ गते आफ्नै घरमा काम गर्न बोलाएर बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८० वैशाख २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले आरोपितलाई ०८० जेठ २ गते गिरफ्तार गरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ०८० जेठ २३ गते बालयौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० वैशाख २६ गते गरिएको थियो ।