INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

शैलुङ गाउँपालिका-२ का बुबा ७५ वर्षीय रामबहादुर तमाङ र बुहारी २७ वर्षीया जेनिसा तामाङको घरायसी विवादमा कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा ४२ वर्षीय पञ्चबहादुर तमाङलाई प्रहरीले ०८० असोज १८ गते गिरफ्तार गरेको छ ।

आरोपित तमाङ विरुद्ध पीडित पक्षले असोज १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जबिन श्रेष्ठका अनुसार आरोपितले असोज १८ गते घरायसी विवाद हुँदा आफ्नै परिवारलाई खुकुरी प्रहार गरी हत्या प्रयास गरेका थिए । उक्त खुकुरी प्रहारबाट पीडितहरू गम्भीर घाइते भएको उहाँले जानकारी दिनुभयो ।

घाइते बुबा र बुहारीको उपचार जोरपाटी मेडिकल कलेज, काठमाडौँमा भइरहेको छ । आरोपितलाई नियन्त्रणमा लिने क्रममा उक्त खुकुरीको झटारोले इलाका प्रहरी कार्यालय, मागापौवामा कार्यरत प्रहरी जवान भुपनारायण श्रेष्ठ सामान्य घाइते हुनुभएको छ ।

अन्य

भिडियो