विष्णुपुर गाउँपालिका–३ का ११ वर्षीय बालकलाई शिक्षक अमृत साहले कुटपिट गरेको घटना इन्सेक प्रतिनिधि दुर्गा परियारले ०८० असोज १७ गते अनुगमन गरेको छ ।
मिर्चैया नगरपालिका–५ स्थित शारदा पाठशालाका २३ वर्षीय शिक्षक अमृत साहले असोज ११ गते बाँसको लठ्ठीले कुटपिट गरेको पीडित बालकले बताए । पीडितका अनुसार “आमा मलाई भेट गर्न स्कुल आउनु भएको थियो । भेट गरी घर फर्किनु भएकी आमा आधा बाटोबाट खानेकुरा लिएर पुनः स्कुल नै फर्किनु भयो र मलाई खानेकुरा दिनु भयो । म कक्षा कोठामा बसेर गृहकार्य गर्दै थिएँ । आमाले मलाई बोलाउनु भयो तर, म गइन र आमा सामान राखेर घर जानु भयो । त्यस पछि सर आउनु भयो र अटेर गरेको भन्दै लठ्ठीले पिट्न थाल्नु भयो” ।
पीडितका आमाले “हामीलाई घटनाको जानकारी असोज १५ गते मात्रै भयो” बताउनु भयो । स्कुल गएर बुझ्दा बाबुको हात खुट्टामा गहिरो घाउ थियो, हामीले बाबुलाई उपचारको लागि स्कुलबाट मिर्चैया स्थित विष्णु क्लिनिकमा ल्यायौं र उपचार पछि घर गयौं उहाँले बताउनु भयो । साथै शिक्षकलाई कारबाही नगर्न आग्रह गर्दै विद्यालयले बाबुको एक वर्षको स्कुल फिस समेत नलिने विषयमा विद्यालय प्रशासन, पीडित परिवार र शिक्षकहरू बीच छलफल भइरहेको उहाँले बताउनु भयो ।
शारदा पाठशालाकी प्रधानाध्यापक सुनिता साहले घटना दुःखद भएको र जानेर नभएको बताउनु भयो । आवेशमा भएको घटनालाई हामीले अभिभावकसंग माफी मागेको र यस्तो घटना पुनः नदोहोरिने प्रतिबद्धता समेत गरेको बताउनु भयो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले घटनाको बारेमा जानकारी भए पनि उजुरी नआएकोले कारबाही प्रक्रिया अगाडि बढाउन नसकेको बताउनु भयो ।