INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

पलाता गाउँपालिका–४ की २२ वर्षीया सपना ऐडि महताराले आफूलाई २६ वर्षीय जेठाजु रविन्द्र महतारले घर निकाला गरेको आरोपमा असोज १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

आरोपित महताराले असोज १७ गते घर छोड्न भन्दै नछोडे मार्ने धम्की दिएर घर निकाला गरेपछि पीडितले आरोपितविरुद्ध  उजुरी दिनुभएको हो ।

आरोपित महताराविरुद्ध उजुरी निवेदन दिएपछि अनुसन्धानका लागि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पोषण थापाले बताउनु भयो ।

अन्य

भिडियो