१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–४ का १९ वर्षीय शिवचरण धवल, १९ वर्षीय सन्दिप पाल, १९ वर्षीय सुनिल कहार र १७ वर्षीय एक बालकलाई असोज १३ गते आरोपितहरूको घरबाटै गिरफतार गरेको छ ।
पीडितलाई आरोपितहरूले असोज १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १३ गते इलाका प्रहरी कार्यालय, उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितहरूलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, डिएसपी मनोहरप्रसाद भट्टले फोन मार्फत बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोजं १० गते भीम अस्पताल, भैरहवामा गरिएको थियो ।