INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसूरमा जन्म कैद सजायको फैसला

८ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा जिल्ला अदालतले पीडितका १४ वर्षीय दाइलाई ०८० असोज १५ गते जन्म कैदको सजायको फैसला गरेको छ ।

न्यायधीश दलबहादुर केसीको इजलासले आरोपितलाई कसूरदार ठहर गर्दै जन्मकैद र ३ लाख ५० हजार रुपियाँ क्षतीपुर्ती र थप ३० हजार जरिबानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पौडेलले जानकारी दिनु भयो । तर अभियुक्त बालक भएको हुँदा उक्त सबै सजायको आधा मात्र भुक्तान गर्नु पर्ने पौडेलले जानकारी दिनु भयो ।

पीडित बालिकालाई आरोपितले २०७८ चैत २५ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा ०७८ चैत २७ गते उजुरी दिनु भएको थियो । सो उजुरीको आधारमा प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।

आरोपितविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले वैशाख १४ गते बलात्कार कसूर शिर्षकमा मुद्दा गरि जिल्ला अदालतको आदेशमा वैशाख १६ गतेदेखी पुर्पक्षकोलागि बालसुधार गृह पोखरामा राखिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २७ गते दमौली अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो