INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ ।

बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु भनी प्रलोभन देखाएर ०८० भदौ २१ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले ०८० असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरि  असोज १५ गते नै गोरखा जिल्ला अदालतमा बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १३ गते गोरखा अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो