INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु जारी

जिल्ला प्रशासन कार्यालयले बाँकेको नेपालगञ्जमा अनिश्चितकालिन असोज १६ गते दिउसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी कर्फ्यु आदेशमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रमा कर्फ्यु लगाइएकाे छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (१) (क) (३)  बमोजिम  अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा असोज १४ गते मुस्लिम समुदायलाई लक्षित गर्दै लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध र्‍याली निकालेको थियो ।  हिन्दु ओमकार समाजको आयोजनामा असोज १६ गते भएको प्रदर्शनमा नेपालगञ्ज उपमहानगर बिपिचोक नजिकै सार्वजनिक सम्पत्ति तोडफोड भएपछि मुस्लिम समुदाय र हिन्दु समुदायका युवाहरूबिच ढुङ्गा हाना हान भएको छ ।

झडपमा केही सुरक्षाकर्मी र प्रदर्शनकारी घाइते भएका छन् । स्थिती नियन्त्रणमा ल्याउन प्रहरीले अश्रु ग्याँस र हवाइ फायरसमेत गरेको छ ।

Photo2023100301banke

curfew npj

अन्य

भिडियो