INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पीडितका ३० वर्षीय नातेदारलाई असोज १३ गते मुर्गियाबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पटक पटक बलात्कार गरेको र अन्तिम पटक ०८० साउन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २२ गते इलाका प्रहरी कार्यालय, उजुरी दिएका थिए ।

घटना पछि फरार रहेका आरोपितलाई लुकेर बसेको सूचनाका आधारमा गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २२ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको थियो ।

अन्य

भिडियो