१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कौडेना गाउँपालिका–५ मोतिपुरका २४ वर्षीय दिलिप कुमार महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० असोज १२ गते पीडित पक्षले उजुरी दिनु भएको छ ।
पीडित बालिकालाई आरोपितले असोज २ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडित बालिकाका बुबाले बताउनु भयो ।
घटनापछि आरोपित महतो फरार भएकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १२ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको छ ।