INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा खार्पुनाथ गाउँपालिका–१ गोप्का गाउँका ३५ वर्षीय गोरखबहादुर बुढालाई प्रहरीले असोज १० गते सदरमुकाम सिमकोटबाट गिरफ्तार गरेको छ ।

आरोपितले  ०८० भदौ १६ गते थाली गाउँमै बलात्कार गरेको पीडितले आराेप लगाउनुभयाे ।  पीडितले आरोपित विरुद्ध असोज १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमलाल भट्टराईले जानकारी दिनुभयो।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १० गते जिल्ला अस्पताल हुम्लामा गरिएको जिल्ला अस्पताल चिकित्सक रोसन रावतले जानकारी दिनुभयो ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताउनुभयो ।

अन्य

भिडियो