२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता गर्यो ।
आरोपितले भदौ ९ गते राति ८ बजे घरबाट नियन्त्रणमा लिई गाउँभन्दा बाहिर सरेहमा लागेर आफूलाई बलात्कार गरेको पीडितको आरोप रहेको छ ।
पीडितको स्वास्थ्य परीक्षण असोज ५ गते वीरगंजस्थि नारायणी अस्पतालमा भयो ।
पीडितले दिएको उजुरीको आधारमा आरोपित कुर्मी विरुद्ध जबरजस्ती करणी विरुद्धको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिनु भयो ।
घटना सार्वजनिक भए पश्चात आरोपित कुर्मी फरार रहेकोले उनको खोजी कार्य भइरहेको डिएसपी थापाले बताउनु भयो ।