तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ ।
आफ्नै घरमा बत्ती कातेर बसीरहेको अवस्थामा आरोपितले टाउँकोमा खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर नवराज केसी बताउनु भयो ।
आरोपितले ४५ वर्षीय बिरबहादुर हमाल र ६५ वर्षीय कमलाकुमारी हमाललाई समेत खुकुरी प्रहार गरी घाइते बनाएका थिए । घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
शवको पोष्टमार्टम असोज ६ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।