११ वर्षीया अपाङ्ग बालिकालाई बलात्कार गरेको आरोपमा निजगढ नगरपालिका–१२ का ६० बर्षीय राना साईला भनिने सोमबहादुर लुङ्गवालाई रतनपुर स्थाई प्रहरी पोष्टबाट खटिएका प्रहरी टोलीले असोज ५ गते निजगढ नगरपालिका–११ स्थित आफन्तको घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको छ ।
पीडितका अनुसार असोज ५ गते आफू घरमा एक्लै भएको मौका छोपी आरोपितले बलात्कार गरेको हाे । घटनाको सूचना पाए लगत्तै स्थाई प्रहरी पोष्ट रतनपुरको टोली र इलाका प्रहरी कार्यालय निजगढका टोली समेत घटना अस्थलमा पुगेका थिए । पीडितकी आमाले असोज ६ गते आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण असोज ६ गते प्रादेशिक अस्पताल कलैयमा भएको छ ।
पीडित पक्षले दिएकाे उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढका इन्सपेक्टर धनश्याम श्रेष्ठले बताउनु भयो