त्रिबेणी गाउँपालिका –२ धामीढुंगा बस्ने ३२ वर्षीया रेवती थापा र छोरी ९ महिनाको ऋतु थापाको हत्या गरेको आरोपमा प्रहरीले सिद्धकुमाख गाउँपालिका–२ खानीगाउँ बस्ने २८ वर्षीय कर्ण बहादुर बस्नेतलाई २०८० असोज ३ गते सिद्धकुमाख गाउँपालिका–३ ढोरचौरबाट गिरफ्तार गरेको छ ।
रेवतीसँग आराेपितकाे सात वर्ष अघि प्रेममा परेर शारीरिक सम्बन्धसम्म पुगेको र आफू विदेशमा रहेको बेला रेवतीले अर्कैसँंग विवाह गरेपछि त्यसैको रिस स्वरुप भदौ २६ गते दुवइबाट नेपाल फर्किएर भदौ २९ गते राती आमाछोरी हत्या गरेको खुल्न आएको छ । प्रमाण नष्ट गर्नका लागि हत्या पश्चात आगो लगाएर शव जलाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
आरोपित विरुद्ध जिल्ला अदालत सल्यानबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,सल्यानका इन्स्पेक्टर श्रेष्ठले बताउनुभयो ।
आरोपित विरुद्ध मृतक पति शुकलाल थापाले गते असोज ३ गते जिल्ला प्रहरी कार्यालय,सल्यानमा किटानी जाहेरी दिनुभएको थियो ।
मृतकको शवको भदौ ३१ गते भेरी अस्पताल नेपालगन्जमा पोष्टमार्टम गरिएको हो ।