१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा १६ वर्षीय दुई जना बालकलाई प्रहरीले असोज २ गते घरबाटै गिरफतार गरेको छ ।
पीडितलाई आरोपितले भदौ ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए ।
पीडित पक्षका अनुसार आरोपितहरू चिनजानको भएको र खाजा खाउँ भनी होटलमा लगेर नसालु पदार्थ खुवाई भदौ ३० गते बलात्कार गरेको इलाका प्रहरी कार्यालयका डिएसपी दानबहादुर थापाले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज २ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएकाे छ ।