३१ वर्षीया बौद्धिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा स्याङ्जा पुतलीबजार नगरपालिका– डाँडाबारा घर भएका २५ वर्षीय सुवास गुरङ र २७ वर्षीय मदन गुरुङ लाई प्रहरीले २०८० भदौ २९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई २०८० भदौ २० गते सामूहिक रुपमा बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सोही उजुरी पछि आरोपितहरुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिनुभयो ।
आरोपितहरुलाई भदौ २९ गते जिल्ला अदालत स्याङ्जामा बलात्कार कसुरमा मुद्दा दर्ता गरेर म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लामाले बताउनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ ३१ गते स्याङ्जा जिल्ला अस्पतालमा गरिएको छ ।