सुन्दरहरैंचा नगरपालिका स्थित नगर अस्पतालमा कार्यरत २६ वर्षीय डाक्टर सन्दीप पोखरेललाई भदौ २८ गते हातपात गरेको आरोपमा प्रहरीले बुढीगङ्गा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझीलाई भदौ २८ गते गिरफ्तार गरेको छ ।
सार्वजनिक बिदाको दिन ०८० भदौ २८ गते बाबुको उपचारका लागि अस्पताल पुगेका माझीले अनावश्यक विषयमा विवाद झिकेर हातपात गरेको आरोपमा प्रहरीले माझीलाई गिरफ्तार गरेको हो ।
बाबु बिरामी भएर लिएर आएको अवस्थामो स्वास्थ्य जाँच गर्दा ज्वरोलगायतका समस्या नदेखिएको बताएपछि आरोपितले विवाद निकालेर हातपात गरेको डाक्टर पोखरेलले बताउनु भयो ।
कार्यस्थलमा अनावश्यक विवाद झिकेर सेवाग्राही माझीले चिकित्सकमाथि हातपात गरेको सुन्दरहरैंचा नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख चन्द्र बस्नेतले बताउनु भयो ।
आरोपितविरुद्ध अभद्र व्यहार शीर्षकमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय, वेलवारीले जनाएको छ ।
मानव अधिकारसम्बन्धी घोषणापत्र सन् १९९८ ले चिकित्सकलाई मानव अधिकार रक्षकका रुपमा परिभाषित गरेको छ ।