१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बैजनाथ गाउँपालिका–८ पिपिरी का २१ वर्षीय गणेश सुस्लिङ मगरलाई भदौ २६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले भदौ २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २६ गते इलाका प्रहरी कार्यालय, धनौलीमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, धनौलीका इन्स्पक्टर असोक मल्लले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २६ गते भेरी अस्पतालमा गरिएको छ ।