३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले भदौ २७ गते ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वाका ३२ वर्षीय अनुरोध राय विरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिनु भयो ।
पीडित महिलाका अनुसार भदौ २२ गते आफू घरमा एक्लै भएको मौका छोपी आरोपितले बलात्कार प्रयास गरेको हो ।
घटना पश्चात उजुरी दिएको थाहा पाए लगत्तै आरोपित रायले फरार रहेकोले खोजी कार्य भइरहेका जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २७ गते जिल्ला अस्पताल मलङ्गवामा भएको डा. नबलकिशोर झाले जानकारी दिनु भयो ।