INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी

ब्रहमपुरी गाउँपालिका–१ शितलपुरकी २७ वर्षीया सुनिता देवी साहलाई भदौ १४ गते २९ वर्षीय पति राजकुमार साह र २१ वर्षीया नन्द रागनी कुमारी साहले कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा भदौ २७ गते उजुरी दिनु भयो ।

पीडित महिलालाई दाइजो बापत आधा तोला सुन, १५ तोला चाँदी तथा कपडा सिउने सिलाई मेशिन नल्याएको भन्दै आरोपितहरूले कुटपिट गरी घरेलु हिंसा गरेको पीडित महिलाका ५२ वर्षीय बुबा भुखलु साह तेलीको आरोप रहेको छ ।

कुटपिटबाट घाइते भएकी पीडित महिलाको उपचार भदौ १५ गतेदेखि १८ गतेसम्म जिल्ला अस्पताल मलङ्गवामा भएको थियो । साथै उपचार पछि पीडित महिला माइती घर महोतरी जिल्ला सोनमा गाउँपालिका–७ सुन्दरपुर बस्दै आइरहेको पीडितका बुबा साहले जानकारी दिनु भयो ।

पीडित महिला र आरोपित साहबीच ०७६ वैशाख १९ गते विवाह भएको थियो । विवाहमा नगद तीन लाख रुपियाँ, फर्निचर र अन्य समान दिएपनि थप दाइजो नल्याएको भन्दै आरोपितहरूले कुटपिट गर्ने गरेको पीडित महिलाका बुबाको आरोप रहेको छ ।

उजुरी पछि आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।

अन्य

भिडियो