जनकपुरधाम उपमहानगरपालिका–९ की ३६ वर्षीया इन्दिरा कुमारी गाहाले आफूलाई कुटपिट गरेको भन्दै ३८ वर्षीया जेठानी खुश्बु शाह र २५ वर्षीया जेठानी अन्जु शाह विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० भदौ २६ गते उजुरी दिएकी छिन् ।
आरोपितले भदौ २४ गते कुटपिट गरेको पीडितको आरोप रहेको छ । सोही दिनदेखि पीडितको स्वास्थ्य उपचार जानकि हेल्थ केयर अस्पताल जनकपुरधाममा भइरहेको र घटना बारे थप अनुसन्धान पनि भइरहेको जिल्ला प्रहरी कार्यालय महिला सेलकी इन्सपेकटर चन्द्रकला भट्टराईले जानकारी दिनु भयो ।