INSEC Online

📅 २०८३ जेष्ठ २१

धारिलो हतियारले पत्नीको हत्या, आरोपित प्रहरी कार्यालयमा उपस्थित

कोहलपुर नपा-४ बेलनपुरकी २६ वर्षीया फुलटन बेरुवालाई हत्या गरी उनका २९ वर्षीय पति अहमत अफताल बेरुवा असार २६ गते राति इलाका प्रहरी कार्यालय कोहलपुरमा पत्नीको टाउकोसहित उपस्थित भएका छन् ।

झारफुक गर्न जाउँ भनी ६/७ महिनाको दुधे बालक बोकेर गएकी फुलटनलाई पतिले सोही नपा-१५ मा धारिलो हतियारले हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरी घटनास्थलमा पुग्दा मृतकको गिँड नजिकै दुधे बालक हिलोमा छटपटाउँदै रोइरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशकुमार काफ्लेले जानकारी दिए ।

प्रहरीलाई अहमतले दिएको बयान अनुसार उनका दुई पत्नी रहेका थिए । फुलटन जेठी पत्नी हुन । घरमा धेरै कचकच गरेपछि झारफुक गर्न जाउँ भनेर जेठी पत्नीको हत्या गरेको आरोपितले बताए ।

प्रहरीले अहमत अफताब र उनकी कान्छी पत्नी सलमा खाँलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

मृतकको शवको पोष्टमार्टम भेरी अञ्चल अस्पताल नेपालगञ्जमा असार २७ गते भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो