२३ र २८ वर्षीया दुई महिलालाई बलात्कार गरेको कसुरमा सर्वोच्च अदालतले दुई वर्ष ६ महिना कैद सजाय फैसला गरेका फरार आरोपित गलकोट नगरपालिका– ३ का ३४ वर्षीय नारायण दर्जीलाई प्रहरीले ०८० भदौ २६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलाहरुलाई २०७१ भदौ १० गते बलात्कार गरेको कसुरमा सर्वोच्च अदालतले नारायण दर्जीलाई ०७९ माघ १५ गते कैद सजायको फैसला गरेको थियो ।
आरोपित विरुद्ध पीडित पक्षले ०७१ भदौ १३ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
पीडित महिलाहरुको स्वास्थ्य परीक्षण ०७१ भदौ १३ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको थियो ।