INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–६ का २६ वर्षीय गोपाल थारूलाई भदौ २५ गते घरबाट गिरफतार गरेको छ ।

पीडितलाई आरोपितले भदौ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित पक्षका अनुसार घरमा कोही नभएको बेला आरोपितले बलात्कार गरेको र कसैलाई नभन्न धम्की दिएकाले ढिला गरी उजुरी दिएका हुन् ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २५ गते भीम अस्पताल, भैरहवामा गरिएकोे छ ।

अन्य

भिडियो