आठ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय बाबुलाई असार २४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडितका छिमेकीले असार २३ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २३ गते भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।