सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नगरपालिका-२ पोखराका ६४ वर्षीय केशर परियारलाई असार २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा मौखिक उजुरी गरेपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जाजरकोटमा असार २५ गते भएको प्रहरीले जनाएको छ । पीडित पक्षले असार २५ गते साँझसम्म प्रहरीमा लिखित उजुरी भने दिएको छैन ।