INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले भदौ २२ गते न्यायीक प्रक्रियामा सहयोग गर्न आर्थिक रकम प्रदान गरेको छ ।

गोदावरी नगरपालिका–४ खैरानाकी २६ वर्षीया एकल महिलाको न्यायीक प्रक्रियामा पहुँच स्थापित गर्न इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले सो आर्थिक सहयोग प्रदान गरेको हो ।

बलात्कार घटनाका पीडितले जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दर्ता गरेपछि आर्थिक अभावका कारण जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयमा आउनजानका लागि आर्थिक समस्या भइरहेको भन्दै पीडितले इन्सेकलाई सहयोग गरीदिन अनुरोध गरेपछि  इन्सेकले आर्थिक सहयोग स्वरुप ८ हजार रुपियाँ प्रदान गरेको हो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले बताउनु भयो ।

आफू एकल महिला भएर यौन हिसांको शिकार हुनु परेको अवस्थामा इन्सेकले गरेको आर्थिक सहयोगले  न्याय पाउन सहज हुने र आर्थिक अभावको अवस्थामा यो सहयोगले ठुलो राहत हुने भन्दै पीडितले इन्सेकलाई धन्यवाद व्यक्त गर्नु भयो ।

यसैगरी कञ्चनपुर जिल्लाकी बलात्कार घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० भदौ २२ गते न्यायीक प्रक्रियामा सहयोग गर्न आर्थिक रकम प्रदान गरेको छ ।

बलात्कार घटनाका पीडितले जिल्ला अदालत कंञ्चनपुरमा उजुरी दर्ता गरेपछि पटकपटक पेशीको लागि आउनजान आर्थिक समस्या भइरहेको अवस्थामा लालझाडी गाउँपालिकास्तरीय मानव अधिकार समूहले सिफारिस गरेपछि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले आर्थिक सहयोग स्वरुप ८ हजार रुपियाँ प्रदान गरेको हो ।

उक्त सहयोग रकम लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, गाउँपालिका प्रवक्ता आशाराम राना र मानव अधिकार समूहका संयोजक सोमनाथ रानाको उपस्थितिमा लालझाडी गाउँपालिकामा भदौ २२ गते हस्तान्तरण गरिएको छ ।

आर्थीक अवस्था दयनिय भएका कारण न्याय पाउनबाट वञ्चित पीडितलाई न्यायीक प्रक्रियामा इन्सेकले सहयोग गरेका कारण पीडितलाई न्याय पाउने सहज हुने लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनु भयो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।

इन्सेकले गरेको आर्थिक सहयोगले आफूलाई न्याय पाउन सहज हुने र आर्थिक अभावको अवस्थामा यो सहयोगले ठुलो राहत हुने भन्दै पीडितले इन्सेकलाई धन्यवाद व्यक्त गर्नु भयो ।

अन्य

भिडियो