४६ वर्षीया महिलालाई जबरजस्ती गर्भपतन गराएको कसूरमा जिल्ला अदालत, कैलालीले बर्दगोरिया गाउँपालिका–१ का ४२ वर्षीय चक्र ओडलाई ०८० भदौ २१ गते कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालत, कैलालीको न्यायाधीश डल्लुराम चौधरीको इजलासले कसुर ठहर गरी २५ दिन कैद सजायको फैसला गरेको जिल्ला अदातल, कैलालीका शाखा अधिकृत नवराज पाण्डेले बताउनु भयो ।
पीडित महिलालाई ०८० वैशाख ५ गते जबरजस्ती औषधि खुवाएर २४ हप्ताको गर्भपतन गर्न लगाएको भन्दै पीडित पक्षले आरोपित विरुद्ध वैशाख ६ गते ईलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिनु भएको थियो ।
प्रहरीले आरोपितलाई सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा जबरजस्ती गर्भपतन र करणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतको वैशाख २९ गतेको आदेरमा आरोपितलाई पुर्पक्षका लागि कारागार पठाइएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०८० वैशाख ६ गते टिकापुर अस्पताल, टिकापुमा गरिएको थियो ।