१७ वर्षीया बालिकालाई धनकौल गाउँपालिका–३ हरकठवा का २४ वर्षीय दिपेन्द्र कुमार महतोले भदौ ७ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मलङ्गवामा भदौ १९ गते पीडित पक्षले उजुरी दिनु भएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १९ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ । घटना पश्चात आरोपित महतो फरार रहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।