INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेदसँगै कुटपिट गरेको पीडितको आरोप

चिङ्गाड गाउँपालिकाका कार्यपालिका सदस्य ६४ वर्षीय पर्शे कामीले आफूलाई पूर्व वडाध्यक्षले कुटपिटसँगै जातीय विभेद गरेको आरोप लगाउनु भएको छ ।

चिङ्गाड गाउँपालिका–२ का पर्शे कामीले सोही ठाउँका ५५ वर्षीय पूर्व वडाध्यक्ष बुदे खत्री र उनका ४६ वर्षीय भाइ धने खत्रीले जातीय विभेद गरेको पीडितको आरोप छ । चिङ्गाड गाउँपालिका–२ वडा कार्यालयमा ०८० भदौ १२ गते आयोजना गरिएको सार्वजनिक कार्यक्रममा आफूलाई जातीय विभेद गर्दै आरोपितद्वयले कुटपिट गरी कपडा च्यातिदिएको पीडितको आरोप छ ।

सार्वजनिक कार्यक्रममा अतिथि भएर बसिरहेका बेला आरोपितले जातीय गालीगलौच गरी हातपात गरेको पीडितले बताउनु भयो ।

जातीय विभेद र कुटपिट गरेको आरोपमा पीडितले आरोपितद्घयविरूद्ध भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत कृष्ण खड्काले बताउनु भयो ।

पीडितको उजुरी आएपनि घटना मुचुल्का नआएकाले प्रहरीले घटनाका विषयमा अनुसन्धान थालेको र मुचुल्का आएपछि आरोपितलाई गिरफ्तार गरिने अनुसन्धान अधिकृत खड्काले बताउनु भएको छ ।

Photo20230905Surkhet (1)

अन्य

भिडियो