INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले लुम्बिनी साँस्कृतिक नगरपालिका –४ मनोहरीका ४९ वर्षीय चिङकु भनिने सर्बजीतलाल श्रीवास्तवविरूद्ध भदौ १५ गते इलाका प्रहरी कार्यालय, लम्बिनीमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले भदौ १३ गते बलात्कार गरेको भन्दै उजुरी दिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर कञ्चन तामाङले बताउनु भयो ।

उजुरीका आधारमा कारवाही अगाडि बढाएको र आरोपित फरार रहेकोकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर कञ्चन तामाङले फोन मार्फत बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण भदौ १३ गते भीम अस्पताल, भैरहवामा गरिएको अस्पतालले जनायो ।

अन्य

भिडियो