INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित गिरफ्तार

रामधुनी नगरपालिका–८ की ३५ वर्षीया केशीदेवी यादवलाई सार्वजनिक स्थानमा निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।

रामधुनी नगरपालिका–८ स्थित पौडेल चौकमा ल्याएर भदौ १२ गते केशीदेवीलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरी रामधुनी नगरपालिका–८ का २८ वर्षीय सन्तोष साह र २९ वर्षीया पत्नी ललिता साहलाई भदौ १३ गते गिरफ्तार गरेको हो ।

पीडितको घर अगाडि आरोपितले काठ राखेको र सो काठ हटाउन आग्रह गर्दा आरोपितको परिवारले घरबाट थुतेर बाटोमा ल्याएर कुटपिट गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

पीडितले आरोपितविरूद्ध ०८० भदौ १३ गते जिल्ला प्रहरी कार्यालयमा कुटपिट घटनामा संलग्नविरूद्ध किटानी जाहेरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको डिएसपी राजकुमार राईले बताउनु भयो ।

पीडितले मुख्य आरोपित सन्तोष साहसहित उनको परिवारका २० वर्षीय निशान साह, २९ वर्षीया ललिता साह, ३६ वर्षीया हीरा साह र ५५ वर्षीया जलेश्वरीदेवी साहविरूद्ध उजुरी दिनु भएको छ ।

कुटपिटमा एक बालक संलग्न भएपनि प्रहरीले बालकविरूद्ध उजुरी लिन अस्वीकार गरेको छ ।

पीडितले प्रहरीमा दिएको किटानी उजुरीमा भाटा, कोदालोको बेत, चिर्पट निर्घात कुटपिट गरेको र ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको उल्लेख छ ।

पीडितले प्रहरीमा ज्याम मार्ने उद्योग शीर्षकमा उजुरी दिएको भएपनि प्रहरीले ‘अभद्र व्यवहार’ शीर्षकमा निवेदन दर्ता गराएको छ ।

रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी र उपमेयर तारा थापाले पीडितको घरमा पुगि घटनाका विषयमा जानकारी लिनु भएको छ ।

Photo 20230831 sunsari (4) Photo 20230831 sunsari (3)

कुटपिट घटनाको इन्सेकद्धारा स्थलगत अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीले घटनाको बारेमा भदौ १४ गते घटनास्थल अनुगमन गरी पीडितपक्षसहित सरोकारवालासँग जानकारी लिएको छ ।

इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादव, गैरसरकारी संस्था महासङघका अध्यक्ष मेघराज न्यौपाने, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष सहजादी प्रविण, उपाध्यक्ष सरस्वती केसी, अधिवक्ता कृष्ण दाहालसहितको टोलीको टोलीले पीडितको घरमा पुगेर घटनाका बारेमा जानकारी लिएको हो ।

अनुगमनका क्रममा कुटपिटबाट घाइते हुनु भएकी पीडितलाई उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने भएपनि आर्थिक अभावका कारण उपचार गर्न जान नपाएको,

आरोपित साहको परिवारले स्थानीयलाई सधैँ अभद्र व्यवहार गर्ने, अश्लिल गालीगजौज गर्ने गरेको अनुगमनका क्रममा पाइएको छ ।

घटनाको स्थलगत अनुगमन गर्दै इ्न्सेक प्रतिनिधिसहितको टोली ।
घटनाको स्थलगत अनुगमन गर्दै इ्न्सेक प्रतिनिधिसहितको टोली ।

अन्य

भिडियो