INSEC Online

📅 २०८३ जेष्ठ २२

बाढीले विद्यालय भवनमा क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित (फोटो फिचर)

हेलम्बु गाउँपालिका-४ स्थित श्री सरस्वती माध्यामिक विद्यालयकाे भवनमा अविरल वर्षातका कारण मेलम्ची खोलामा आएको बाढीले क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित भएको छ ।

मेलम्ची नदिमा आएको बाढीले हेलम्बु गाउँपालिका-४ स्थित ग्यालथुममा रहेको श्री सरस्वती माविको दुई ओटा भवन बगाएर अन्य भौतिक संरचनामा क्षति पुर्‍याएपछि स्थानीयहरूमा त्रास उत्पन्न भएको छ । विद्यालयको खानेपानीको लाइन, शौचालय, खाजाघर र एक कक्षा कोठा बगाएपछि शिक्षक, अभिभावक र विद्यार्थीहरूमा त्रास उत्पन्न भएको हो ।

विद्यार्थिहरूको पठनपाठन सुचारु गर्नको लागि बाढीले बगाएर बाँकी रहेका भवनहरूमा भदौ ११ गतेदेखि कक्षा सञ्चालन गरिए पनि विद्यालयका भौतिक संरचनाहरू पुनः बगाएर लैजाने त्रासमा विद्यार्थीहरू विद्यालयमा उपस्थित नभएको श्री सरस्वती माविका प्रधानाध्यापक उमाप्रसाद घोरासैनिले बताउनु भयो ।

यस विद्यालयमा ३ सय ५१ जना विद्यार्थीहरू छन् । विद्यालयमा बाढीले क्षति पुर्‍याएपछि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएको हो । विद्यालय खोलाका किनारमा रहेकोले बाढी पहिरोको जोखिम रहेको प्रधानाध्यापक घोरासैनिले उल्लेख गर्नुभयो ।

Photo_080-5-15_Sindhupalchok

Photo_080-5-15_Sindhupalchok1

Photo_080-5-15_Sindhupalchok3

Photo_080-5-15_Sindhupalchok5

Photo_080-5-15_Sindhupalchok

Photo_080-5-15_Sindhupalchok6

Photo_080-5-15_Sindhupalchok4

Photo_080-5-15_Sindhupalchok7

अन्य

भिडियो