INSEC Online

📅 २०८३ श्रावण ५

मानव अधिकार आयोगको टोली बाढी प्रभावित गाउँमा

सप्तरी जिल्लाको एक दर्जन गाउँ बाढीबाट डुवानमा परेपछि राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरको टोलीले असार २० गते तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित तिलाठी गाउँको अवलोकन निरीक्षण गरेको छ ।

Photo20170705Saptari

आयोगका निमित्त क्षेत्रीय निर्देशक दिपेन्द्र सिंह र जनकपुरमा कार्यरत सञ्चारकर्मीहरू श्याम मिश्र, शैलेन्द्र महतो र गोबिन्द महतोले बाढीबाट प्रभावित गाउँ तिलाठीमा पुगी बाढीले पुर्‍याएको क्षतिको अवस्था र कारणबारे जानकारी लिएका हुन् ।

टोलीले स्थानीयवासीसँग भेटघाट गर्नुका साथै बाढी नियन्त्रणका लागि अपनाउनु पर्ने आवश्यक उपायहरूबारे छलफल गरेको छ । टोलीले सिमावर्ती क्षेत्रको दशगजाको समेत अवलोकन निरीक्षण गरेको छ ।

Photo20170705Saptari1

आयोगका निमित्त क्षेत्रीय निर्देशक सिंहले सप्तरीसहित तराईका जिल्लामा प्राकृतिक प्रकोपका रूपमा प्रत्येक वर्ष आउने गरेको बाढीले भइरहेको जनधनको क्षति कम गर्न दिर्घकालिन रूपमा ठोस कार्य गर्नुपर्ने आवश्यक्ता औँल्याए ।

अन्य

भिडियो