INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेलम्बु गाउँपालिका-२ का ४३ वर्षीय रामचन्द्र वि.क.लाई प्रहरीले ०८० भदौ १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० साउन २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २८ गते इलाका प्रहरी कार्यालय, मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्जिव यादवले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २८ गते प्राथमिक स्वास्थ्य केन्द्र, मेलम्चीमा भयो ।

अन्य

भिडियो