INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीले प्रभावित पारेको विद्यालयमा खानेपानी र शौचालयको अभाव

हेलम्बु गाउँपालिका-४ स्थित श्री सरस्वती माध्यामिक विद्यालयमा बाढीले प्रभावित पारेको कारण मेलम्ची नदिले विद्यालयको विभिन्न भौतिक संरचना बगाएर लगेपछि खानेपानी, शौचालय तथा खेल मैलदानको अभाव भएको छ ।

मेलम्ची खोलमा भदौ ९ गतेदेखि आएको बाढीले विद्यालयको दुई ओटा भवन बगाएको थियो भने खेल मैदान, शौचालय, पानीका पाइपहरू ध्वस्त बनाएको श्री सरस्वती माविका प्रधानाध्यापक उमाप्रसाद घोरासैनिले बताउनु भयो ।

विद्यार्थिहरूको पठनपाठन सुचारु गर्नको लागि बाढीले बगाएर बाँकी रहेका भवनहरूमा भदौ ११ गतेदेखि कक्षा सञ्चालन गरिएको छ । यस विद्यालयमा ३ सय ५१ जना विद्यार्थीहरू छन् ।

बाढीले प्रभावित पाररेको स्थलको अनुगमनको क्रमका विद्यालयमा खानेपानी र शौचालयमात्र होइन बालमैत्रि कक्षाकोठाको अभाव देखिएको छ भने बालबालिकाहरूलाई मनोपरामर्श र खेलमैदनको समेत तत्काल आवश्यकता रहेको छ ।

विद्यालयमा खानेपानीको व्यवस्था छिट्टै गरिने हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन लामाले बताउनु भयो । विद्यालयमा अस्थायी शौचालयको व्यवस्था गर्न नेपाल रेडक्रस सोसाइटीले बचन दिएको विद्यालयका प्रधानाध्यापक उमाप्रसाद घोरासैनिले जानकारी दिनुभयो ।

Photo_080-5-14_Sindhupalchok

अन्य

भिडियो