१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा लहान नपा-१२ का २५ वर्षीय विनोद महरालाई जिल्ला अदालतले असार १९ गते चार वर्षकैदको फैसला गरेको छ । न्यायाधीश तिर्थराज केसीको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्ध आलेले बताए ।
पीडित बालिकालाई महराले ०७३ फागुन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा फागुन १५ गते उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा फागुन १५ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई फागुन १६ गते गिरफ्तार गरी अदालत पेश गरेकोमा जिल्ला अदालतको आदेशमा आरोपित चैत १० गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।